काठमाडौ, २४ भदौ । नेसनल हाइड्रोपावर कम्पनीको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

आइतबार कार्यालय समयसम्ममात्र यसमा आवेदन दिन सकिने छ । कम्पनीले भदौ १३ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्ने छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । नेसनल हाइड्रोपावरले यसअघि असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिने छ । साथै यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।