काठमाडौ, २४ भदौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले आर्थिक वर्षका लागि २०७९–०८० का लागि करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोजसम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ । गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।