निजामती कर्मचारी संगठनको साताव्यापी स्मृति दिवस बिहीबार सकिने
काठमाडौ, साउन ११ं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको साताव्यापी ‘शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८२ ’ बिहीबार सकिने भएको छ ।
संगठनले कर्मचारी आन्दोलनमा शहिद भएका तीनजनाको नाममा शुक्रबार ९साउन ९ गते० देखि साताव्यापी कार्यक्रम गर्दै आएको छ । संगठनले गत बिहीबार आफ्नै कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संगठनका महासचिव रामचन्द्र अधिकारीले कर्मचारी आन्दोलनमा शहिद भएकाहरुको सम्झनामा यो कार्यक्रम गरिएको बताए । संगठनले २०४९ सालबाट यो दिवस मनाउँदै आएको छ । महासचिव अधिकारीले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई अनुरोधसमेत गरेका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष भवानी न्यौपाने दाहालले आन्दोलनमा क्रममा शहिद भएकाहरुलाई आफ्नो संगठनले चिने पनि निजामतीहरुकै अन्य संघसंगठनले नसम्झिएकोमा दुःख व्यक्त गरिन् । २०४८ सालमा भएको ५६ दिने ऐतिहासिक आन्दोलनमा सहभागी हुँदा मनोज जोशीको साउन १५ गते खोटाङको दिक्तेलमा, कर्मचारी आन्दोलनमा सहभागी हुँदा नै कास्कीमा झपेन्द्र कार्कीको र मुगुका तत्कालीन संगठन अध्यक्ष सुरेन्द्र विश्वकर्माको निधन भएको थियो । ‘आन्दोलनकै क्रममा नै उहाँहरुको निधन भएकाले उहाँहरु कुनै संगठननिकट मात्रै नभएर सबैको लागि शहिद हुनुपर्ने हो तर अन्य संगठनले त्यो कुरा बुझेनन्’ अध्यक्ष दाहालले भनिन् ‘हाम्रो संगठनले सधैं सुशासन र जवाफदेहीताको कुरा उठाएको छ त्यसलाई पूरा गर्नेतर्फ सबै सधै क्रियाशील भएर लागेका छौं ।’ पत्रकार सम्मेलनको संचालन संगठनका सचिव तथा प्रचार, प्रसार तथा सूचना प्रविधि विभागका सचिव तेजप्रकाश ९टिपी० भण्डारीले गरेका थिए । भण्डारीले संगठन आफ्नो संगठनको नियमित कामसँगै सामाजिक काममा पनि सक्रिय रहँदै आएको बताए ।
antalya nöbetçi eczane

संगठनले शुक्रबार र शनिबार अन्तर ट्रेड युनियन व्याडमिन्टन प्रतियोगिता गरेको थियो भनें, शनिबार वृक्षरोपणा तथा गोलमेल गरेको छ । आज संगठनले आफ्नै संगठनको केन्द्रीय कार्यालयमा रक्तदान गर्दैछ । संगठनले प्रकाशित गरेको कार्यतालिका अनुसार भोलि सोमबार राष्ट्रव्यापी हाजिरीजवाफ प्रतियोगिता हुने छ । साउन १५ गते बिहीबार क्वालिटी बैंक्वेट बुद्धनगर काठमाडौंमा विशेष कार्यक्रम गरी उत्कृष्ट कार्यसमिति घोषणासँगै सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

संगठनकी अध्यक्ष दाहालले सरकारले आफ्ना जायज माग नसुनेकोमा गुनासो गरिन् । उनले सरुवा, बढुवा, समायोजनलगायतका कुरालाई सरकारले व्यवस्थित गर्नुपर्ने सुझाव दिइन् । दाहालले शहिद मनोज–झपेन्द्र–सुरेन्द्रको नाममा विभिन्न जिल्लामा भवन बनेको र सम्झनामा अन्य कार्यक्रम पनि हुँदै आएको बताइन् ।

