धनकुटा नगरपालिकाको आदेशात्मक अनुरोध यस्तो
काठमाडौं, साउन ३ । धनकुटाको धनकुटा नगरपालिकाले नगरवासीलाई आदेशात्मक अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राइले साउन २ गते एक सूचना जारी गरी आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले रातीको समयमा सवारी आवागमन बन्द गर्न अनुरोध गरेका हुन् । उनले प्रकाशन गरिएको सूचनामा लेखिएको छ–‘उच्च जोखिमयुक्त स्थानमा बसोवास गर्नुहुने सबैजना, घरपरिवार सुरक्षित स्थानमा जानुहुन आदेशात्मक अनुरोध गरिएको छ ।’

