बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

देउवाले श्रीमतीलाई एक्लै छोडे

admin
admin

काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गत बिहीबार स्वदेश फर्केका छन् । उनी उपचारका लागि भन्दै फाल्गुण १३ गते सिंगापुर गएका थिए ।

सिंगापुर जाँदा श्रीमती आरजु राणा देउवासहित गएका शेरबहादुर श्रीमतीलाई हङकङमा नै छोडेर एक्लै फर्केका छन् । सिंगापुरमा उपचार गराइसकेपछि उनीहरु हङकङ आएका थिए । उपचार के गरे र बिराम के थियो भन्ने उनीहरुले प्रष्ट रुपमा जनतालाई भन्न सकेका छैनन् । उनीहरुले प्रतिनिधिसभाको फाल्गुण २१ गते भएको निर्वाचनमा पनि मतदान गरेनन् । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनीहरुको काठमाडौंको घरमा पनि आगजनी भएको थियो भनें आन्दोलनकारीले उनीहरुलाई कुटपीटसमेत गरेका थिए ।

देउवाले श्रीमतीलाई किन उतै छोडेर एक्लै आए भन्ने विषय पनि गम्भीर बनेको छ । आरजुमाथि सरकारले विभिन्न अभियोग लगाएको छ । आरजु पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । छिटै आएका शेरबहादुरले आरजुका लागि आवश्यक वातावरण तयार पारेर मात्रै उनी आउने सम्भावना भएको पनि स्रोतले बताएको छ । उनीहरुले सरकार र सम्बन्धित निकायलाई पहलिे नै पत्र लेख्दै आफुहरु नेपाल फर्किन चाहेकाले उपयुक्त वातावरण मिलाइदिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका थिए । देउवा स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत भएको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्