शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

वागमति प्रदेशमा ‘हेलो सीएम्’ सञ्चालन, जनताको प्रत्येक कुरा मुख्यमन्त्रीले सुन्ने

admin
admin

काठमाडौं, भदौ १ । वागमति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही समयअघि ‘हेलो सीएम’ एप्स सञ्चालनमा ल्याएका छन् । मुख्यमन्त्रीले नै यसको उद्घाटन गरेका हुन् ।

मानिसहरुको विभिन्न समस्या सुन्न र सम्बन्धित निकायमा पु¥याएर समस्याको समाधान गर्न एप्स सञ्चालनमा ल्याइएको मुख्यमन्त्रीले बताएका छन् । ‘मानिसहरुले यसमार्फत गुनासो गर्छन् र ती गुनासोको सम्बोधन कहाँ लगेर कसरी गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुने छ’ मुख्यमन्त्री बानियाँले भने ‘प्रदेशवासी र प्रदेशको हित नै मेरो र सरकारको अन्तिम लक्ष्य हो, प्रदेशका लागि धेरै प्रकारका सुधारका योजनाहरु अघि बढाएका छौं ।’ नेपाली बांग्रेसका नेता बानियाँ एक वर्षदेखि मुख्यमन्त्री रहेका छन् । उनी कांग्रेसको वागमति प्रदेशको सभापति पनि हुन् ।

२०७० सालमा मकवानपुर–१ बाट संविधानसभाको निर्वाचन जितेका उनी दुइपटक प्रदेशसभामा निर्वाचित भइसकेका छन् । उनी केन्द्रीय सरकारको राज्यमन्त्री समेत भइसकेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्