शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

बाढीपहिरोपीडितका लागि बुटवल उपमहानगरपालिकाले ५१ लाख दिने

admin
admin

काठमाडौं, भदौ २१ । रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले विपद् प्रभावित परिवारको उद्धारमा सहयोग गर्ने र भदौ २२ गतेसम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न अपिल गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयले विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उपमहानगरपालिकाका अनुसार उक्त रकममा जनप्रतिनिधि तथा कर्मचारीबाट प्राप्त हुने सहयोगसमेत थप गरिने छ ।

उपमहानगरपालिकाले बुटवल क्षेत्रका कुनै नागरिक रसुवाको बाढीपहिरोबाट प्रभावित भएको जानकारी आएमा उद्धार गर्ने र सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि नेपाल सरकार, वैदेशिक दातृ निकाय, देशभरका कार्यालय तथा संघसंस्था र व्यक्तिहरूबाट सहयोग भइरहेको भन्दै उपमहानगरपालिकाले पनि सामाजिक उत्तरदायित्वका रूपमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ । नगरप्रमुख खेलराज पाण्डेयले विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा दिवंगत आत्माको चीरशान्तिको कामना गरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्