शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

सरकारको आलोचनामात्रै गर्ने कि जिम्मेवारी पनि निभाउने ?

admin
admin

काठमाडौं, भदौ २१ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । अझै पनि हजारौं मानिस सम्पर्कविहीन छन् भने उद्धार गरिएकाहरुको अवस्था पनि सहज हुन सकेको छैन ।

अचानक आएको बाढीले धनको मात्रै होइन जनको पनि क्षति गरेको छ । पीडित परिवार रोएर नै बस्न बाध्य छन् भनें धेरैले सहारा गुमाएका छन् । बाढीले सम्पत्ति र घरमात्रै लगेन आफ्ना परिवारसमेत लगेर बिचल्ली बनाएकाहरुको पीडा सुनिसक्नु छैन । सरकारले पनि राहत तथा उद्धारका काममा सक्रियता देखाइरहेको छ । आफूसँग भएको स्रोत र साधनको प्रयोग गरेर पीडितलाई राहत दिनु र उद्धार गर्नु सरकारको कर्तव्य हो तर सरकारले कुनै पनि काम नगरेको भनेर आलोचना गर्नेको संख्या पनि कम छैन । सामान्य अवस्था भए सरकारले पनि तत्कालै उद्धार गर्न सम्भव हुन्थ्यो होला तर अवस्था विकराल बन्दै गएपछि जतिसुकै मिहनेत गर्दा पनि त्यो थोरै भएजस्तो नै देखिन्छ । बाढीका कारण आफन्त हराएकाहरुले सरकारले खोजी गरिदिएन भन्नु अस्वभाविक होइन किनभनें एक वा दुई व्यक्ति वा परिवारका सबै सदस्य र आफन्त निस्केर खोज्दा पनि व्यक्तिगत प्रयास सम्भव देखिँदैन ।

केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै विपतमा परेकाको उद्धार गर्न आवश्यक उपकरण नभएको बताएका थिए । उनले बोलेको कुरालाई लिएर आलोचना भएको छ । सरकारसँग ती उपकरण नहुनु त ठिकै हुनसक्छ तर बाहिरबाट मगाएर भए पनि हुनेसम्म उद्धार गर्नु सरकारको कर्तव्य रहेको छ । यो बेला सरकारको कसको छ भनेर हिसाब गर्नेभन्दा पनि विपत्ति साझा समस्या भएकाले यसको निकासका लागि कसले के–के गर्ने भन्नेतिर ध्यान दिनु आवश्यक छ । त्यसरी अचानक बाढी आउँछ भन्ने सोचेका भए त्यहाँका मानिस पनि सचेत हुने थिए होला र हतारमा भाग्ने प्रयास पनि गर्न सक्थे तर बाढी आयो भनेर भने पनि यति ठूलो होला भन्ने नसोचेकाले पनि धेरैको ज्यान गएको छ भनें धेरै घरवारविहीन भएका छन् । बाढीले असर परेका नागरिकहरुको दुःख यति धेरै छ कि त्यो टाढा बसेर हेर्दा पनि सहन सकिने छैन ।

योबेला नेपाली नागरिकले आफ्नो तर्फबाट राहतका लागि जति सम्भव हुन्छ त्यो रकम प्रधानमन्त्री राहतकोषमा उपलब्ध गराएका छन् । विदेशमा बसेका नेपालीहरुले पनि आफ्नो भूमिलाई समस्या पर्दा केही गर्नुपर्छ भनेर आफुले कमाएको रकम कोषमा जम्मा गरेका छन् । यो र त्योमात्रै होइन सबैले नै यो विपतको बेला आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । राहत दिने र लानेको पनि कमी छैन तर सानोतिनो सहयोग र राहतले उनीहरुको पीडालाई तत्काल राहत दिएला तर मनको पीडा भनें मेटाउन सक्ने सम्भावना छैन ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्