एनआरएनएमा जुटेन सहमति, अलग्गै महाधिवेशन गर्ने शेष घले पक्षधरको घोषणा
काठमाडौंं, २४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः विभाजित अवस्थामा पुगेको छ । संस्थापन पक्षधरसँग असन्तुष्ट रहदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाएपछि एनआरएनए पुनः विभाजनको दिसातर्फ गएको हो । संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ । शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न संघको विशेष साधारणसभाले आगामी मार्च भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।…

