मुख्यमन्त्री बनाउन खोज्दा किचलो
काठमाडौं, साउन २६ । अहिले प्रदेश सरकारहरु परिवर्तनको क्रममा छन् । गत साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मिलेर ५ वटा प्रदेशमा सरकार बनाउने सहमति गरेका छन् । सहमति गरेको १७ दिन बितिसक्दा पनि उनीहरुले अहिलेसम्म एक प्रदेशबाहेक अरु ४ वटा प्रदेशमा मुख्यमन्त्री बनाउन सकेका छैनन् । समस्याको जड के हो भन्ने प्रश्न खोज्नुपर्ने बेला भएको छ । उनीहरुले स्वार्थका लागि प्रदेश सरकार बनाउने कुरा गरे पनि उनीहरुले भोलिको हाम्रो लक्ष्य र उद्येश्य के हो र…

