बरालको नेतृत्वमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ गठन
काठमाडौं, चैत्र १७ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष राजेन्द्र बरालको नेतृत्वमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ गठन भएको छ । हिजो काठमाडौंमा औपचारिक कार्यक्रम गरी महासंघ गठन भएको जनाइएको छ । महासंघका पदाधिकारीसहित सदस्यको नाम पनि घोषणा गरिएको छ । शैक्षिक परामर्श व्यवसायीका ८ भन्दा बढी संस्थालाई समेटेर महासंघ बनाइएको अध्यक्ष बरालले बताए । महासंघमा ती विभिन्न संस्थाको प्रतिनिधित्व रहेको छ । अध्यक्ष बरालले अन्य संस्था र व्यक्ति पनि थपिने क्रम रहेको बताए । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य…

