शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

२८ औं वार्षिकोत्सव मनाउँदै रिपोर्टस क्लब

admin
admin

काठमाडौं, चैत्र ११ । रिपोर्टस क्लब नेपालले चैत्र १७ गते २८ औं वार्षिकोत्सव मनाउने भएको छ । अध्यक्ष ऋषि धमलाले कार्यक्रमको तयारी भइरहेको बताएका छन् ।

रिपोर्टस क्लबले हरेक दिन समसामयिक राजनीतिसँगै अन्य विषयमा छलफल र अन्तरक्रिया गर्दै आएको छ । क्लबमा आएर बोलेपछि समाचार भाइरल हुने भएकाले पनि नेताहरु पनि क्लबमा आउन मन गर्ने गरेका छन् । धमलाले जुनसुकै असहज अवस्थामा पनि साक्षात्कार कार्यक्रम गर्दै आएका छन् । धमलाले संविधानमाथि प्रहार हुँदा होस्, विभिन्न तहको निर्वाचन हुँदा होस् वा सरकारले गरेका हरेक प्रकारका गलत गतिविधिमा तत्काल अन्तरक्रिया राख्दै आएका छन् ।
धमलाले २०७२ सालमा गएको विनासकारी भूकम्पका बेला पनि भृकुटीमण्डपको चौरमा पाल टाँगेर कार्यक्रम गरेका थिए । क्लबको वार्षिकोत्सवमा धमलाले प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री, प्रमुख राजनीतक दलका प्रमुखहरुका साथै अन्य विशिष्ठ अतिथि बोलाउँदै आएका छन् ।

नेपाल पत्रकार महासंघको स्थापना दिवस चैत्र १६ गते पर्दछ । महासंघको कार्यक्रममा प्रायजसो छिटपुटमात्रै पत्रकार र अन्य सहभागी हुँदै आउने गरेका छन् भनें क्लबको कार्यक्रममा प्रायजसो हल खचाखच हुने गरेको छ । अध्यक्ष धमलाले क्लबलाई यो अवस्थासम्म आइपुग्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्