भूकम्पपीडितलाई केएमसीले निःशुल्क उपचार गरिदिने
काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित घाइतेहरूलाई कांग्रेस सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले हिजो प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको हो । सांसद शर्माकी छोरी सोइना काठमाडौं मेडिकल कलेज (केएम्सी) की कार्यकारी अध्यक्ष रहेकी छिन् । कार्यकारी अध्यक्ष र सल्लाहकार शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन पनि तयार रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,…

