कांग्रेसको दमक नगर सभापतिमा युवानेता खनालसहित तीनजनाको दाबी, पार्टीलाई गतिशील र चलायमान बनाउने खनालको प्रतिबद्धता
दमक, असोज ७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहँदा झापाको दमक नगर समितिमा नेतृत्वको दौड तीव्र बन्न थालेको छ । यसअघि आज नै निर्वाचन हुने भनिएको भए पनि आज उम्मेदवारी दर्ता हुँदैछ भनें भोलि बिहीबार नगर कार्यसमितिको निर्वाचन हुँदैछ । नगर सभापतिका लागि कार्यवाहक नगर सभापति प्रेम भट्टराई, युवराज सागर खनाल र राजेन्द्र सिटौलाको नाम चर्चामा आएको छ । नगर अधिवेशनले आगामी नेतृत्वसँगै दमक कांग्रेसको संगठनात्मक र राजनीतिक दिशासमेत तय गर्ने भएकाले यसपटकको दमकको नेतृत्व चयनलाई महत्वका साथ हेरिएको छ…

