देउवालाई गुटको दवाव नै थेग्नै गाह्रो
काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले गुटभित्रकै दवाव थेगीनसक्नु भएको छ । देउवाले यो अवस्थामा आक्रामक भएर राजनीति गर्ने सोच नबनाएका भए पनि उनीपक्षका नेताहरुले कतिपय कुरामा देउवालाई जबर्जस्ती बाध्य पार्दै आएका छन् । देउवा बिहीबार हङकङबाट स्वदेश फर्किएका छन् । उनको स्वागतमा विमानस्थलमा मानिसहरुको ठूलो घुँइचो लागेपछि देउवा उत्साहित भएका थिए । देउवाले केही समयअघि नै पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि देउवाले प्रतक्ष्य रुपमा राजनीतिबाट विश्रामजस्तै लिएका थिए…

