चेतनारायणपछि लिलाको पालो, यस्तो थियो गुण्डुको सहमति
काठमाडौं । लुम्बिनी प्रदेशमा अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यपछि लिला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । समाचारस्रोतका अनुसार अबको दुई महिनासम्म आचार्य नै मुख्यमन्त्री रहने छन् भनें त्यसपछि लिला गिरीको पालो आउने छ । गिरी यसअघि पनि मुुख्यमन्त्री भइसकेका छन् । गिरीलाई हटाएर एमाले महासचिव शंकर पोखरेलले आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । पोखरेलसँग सम्बन्ध बिग्रिँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीमात्रै बाँकी राखेर पोखरेलपक्षका मन्त्रीहरु हटाएर आफ्ना मान्छेलाई मन्त्रीमा भर्ती गरेका थिए, उनीहरु अहिले पनि मन्त्री नै छन् ।…

