भोटेकोशीका बाढीपीडितलाई राक्सिराङ गाउँपालिकाको साढे ३२ लाख सहयोग
काठमाडौं, भदौ २८ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशीका बाढीपीडितलाई ३० लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनरुत्थान कार्यमा सहयोग पु¥याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न कोषबाट रकम संकलन गरी सहयोग उपलब्ध गराउने निर्णय भएको हो । गाउँपालिका, वडा तथा स्वास्थ्य संस्थाका कर्मचारीबाट ८ लाख ५४ हजार ७ सय ५७ रुपैयाँ संकलन भएको अध्यक्ष मल्लले बताए । यस्तै शिक्षक तथा कर्मचारीबाट १२ लाख ८० हजार…

