बलबहादुरले पार्टीकै उम्मेदवारलाई नै हराउन खोजेपछि….
काठमाडौं, माघ १५ । नेपाली कांग्रेसका केन्द्र्रीय सदस्य बलबहादुर केसी राष्ट्रिय राजनीतिमा चर्चित व्यक्ति हुन् । ४ पटकसम्म सांसद र पटक पटक मन्त्री भएका सोलुखुम्बुका केसी पछिल्लो दुइवटा संसदीय निर्वाचनमा पराजित भएपछि राजनीतिमा कमैमात्र चर्चा हुने पात्रका रुपमा देखिन्छन् तर जिल्लामा देखिएको पार्टीको गुटको राजनीतिले सबैतिर नभए पनि उनी जिल्लामा दिनहुँजसो चर्चामा आउने व्यक्ति बन्न पुगेका छन् । केसीले सोलुखुम्बुबाट २०७४ र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचन हारे । २०४८ सालदेखि नै एकमात्रै निर्वाचन क्षेत्र रहेको सोलुख्ुम्बुमा हारे पनि जिते पनि…

