ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको हो : अर्थमन्त्री महत
काठमाडौं, २ भदौ । नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको अर्थमन्त्री प्रकाश शरण महतले आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनाश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताए । मन्त्री महतले देखाउनको लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि नै धेरै देशमा…

