शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

गगनलाई सशांकको डर

admin
admin

काठमाडौं, साउन १७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कांंग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालासँग निकै डर लागेको छ ।

कांग्रेसले आगामी असोजमा पार्टीको १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ भनें खासगरी यसअघिको शेरबहादुर देउवाको टिमले भनें यो कार्यतालिकालाई मानिरहेको छैन । अहिले देउवाको कार्यभार पूर्णबहादुर खड्काले सम्हालिरहेका छन् । खड्काले पार्टीभित्र सल्लाह गरेर महाधिवेशनको नयाँ मिति तोक्न र सबै पक्षलाई मिलाएर लान आग्रह गर्दै आएका छन् । खड्का पक्षले एकातिर पार्टीभित्र आन्तरिक संघर्ष गर्दै आएको छ भनें अर्कातिर महाधिवेशनको लागि उपयुक्त वातावरण पनि बनाउने प्रयास गर्दै आएको छ ।

गत पौषको अन्तिममा भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए । खड्का पक्षले सभापतिलाई अझै मानेको छैन । खड्काहरु आधिकारिताको विषयलाई मुद्या बनाउँदै सर्वोच्च अदालत पनि गएका थिए तर सर्वोच्चले गत वैशाख ४ गते थापा पक्षलाई नै आधिकारिता दिएपछि अर्को पक्ष नराम्ररी बिच्किएको छ । खड्काहरुले सर्वोच्चमा पुनरावलोकनको निवेदन पनि दिएका छन् । खड्काहरुले अहिले पनि थापालाई असहयोग गरिरहेका छन् । अहिले नै यति धेरै असहयोग गर्नेले हिजोको प्रतिनिधिसभाको निर्वाचनमा गगन पक्षका उम्मेदवारलाई हराउन के–के गरे होलान् भनेर विभिन्न अनुमान लगाउँदै आइएको छ । खड्का पक्षले गगनलाई सभापति नमाने पनि गगनकै हस्ताक्षरमा कांग्रेसको उम्मेदवार पनि भनें सहमति जनाएका थिए । अबको महाधिवेशनमा थापा नै सभापतिको उम्मेदवार बन्ने निश्चित छ । उनीसँग अर्को पक्षबाट प्रतिस्पर्धा गर्ने उम्मेदवार को होला भन्ने टुंगो छैन । अहिले गगनको विरोधमा अर्कोतिरका सबै एकमत भएका छन् तर पनि गगनलाई जित्न नसकिएका कि भन्ने उनीहरुलाई चिन्ता छ ।

गगन प्रतिनिधिसभाको यो निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार भए । आफूले जितिरहेको काठमाडौ– ४ छोडेर सर्लाही गएका उनी नराम्ररी पराजित भए । गगनले प्रतिनिधिसभाको निर्वाचन हारेपछि उनी कमजोरमात्रै भएका छैनन्, हिजोको दिनमा विशेष महाधिवेशनमा विभिन्न आश्वासन दिएर अभियानमा ल्याएकाहरु असन्तुष्ट बनेपछि गगन समस्यामा परेका छन् । केहीले भनें गगन सभापति भएपछि कमजोर भएको र आफ्नै पक्षकालाई पनि व्यवस्थापन गर्न नसकेको भनेर आलोचना पनि खेप्दै आएका छन् । विशेष महाधिवेशनपछि कतिपय जिल्लामा नेतृत्व दिँदा पनि तल्लो तहकोलाई जिम्मेवारी दिएको भन्दै उनीसँग चित्त दुखाउनेको पनि संख्या बढ्दैछ ।
अबको महाधिवेशनमा सभापतिमा सशांक कोइरालाले पनि तयारी गरेको समाचारस्रोतले जनाएको छ । उनी कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद ९विपी० कोइरालाका छोरा हुन् । हुन त विपीको नाम नै लिएर कांग्रेसमा अरु कोइराला र उनका नातेदारले पनि राजनीति गर्दै आएका छन् । सशांक कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका थिए । लाइनमा बसेर मत नमागे पनि र धेरैलाई ‘जय नेपाल’ नभने पनि उनले अत्यधिक धेरै मत ल्याएर महामन्त्री जितेका हुन् । कतिपयले त्यो महाधिवेशनमा सशांक नै सभापतिको उम्मेदवार भएका भए देउवालाई सभापति जित्न गाह्रो हुने रहेछ भनेर भन्दै आएका छन् । गत महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर कोइराला पनि सभापतिको आकांक्षी छन्, उनले सभापति हुन्छु भन्नु स्वाभाविक पनि हो किनभने उनी यसअघिको महाधिवेशनमा देउवाका मुख्य प्रतिस्पर्धी हुन् । अरु पनि सभापतिको उम्मेदवार भए पनि शेखरले देउवालाई टक्कर दिने प्रयास गरेका थिए । अन्तिममा दोस्रो पटक सभापतिको निर्वाचन हुँदा सभापतिका अन्य उम्मेदवार र अरुबीच तालमेल हुँदा शेखर पराजित भएका थिए । शेखरले पनि देशव्यापी अभियान चलाउँदै आएका छन् । शेखर यो प्रतिनिधिसभाको निर्वाचनमा मोरङ–६ बाट पराजित भए ।

विशेष महाधिवेशनमा साथ दिन गगनले शेखरलाई आग्रह गरे पनि शेखर मानेनन् । शेखरले एक पक्षको नेतृत्व गरेका थिए । शेखरले विशेष महाधिवेशनमा साथ नदिएको भन्दै उनीपक्षका धेरै नेताले उनलाई छोडेको र शेखर एक्लिएको पनि विश्लेषण हुँदै आएको छ । कांग्रेसको नेतृत्व गगनले लिएका छन् भनें अर्कोतिर खासगरी देउवा पक्ष नेताहरु एकमत भएका छन् त्यसैले पनि शेखरको धार नै छैन भन्नेको संख्या पनि कम छैन ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्