शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

वीरेन्द्रनगर नगरपालिकाद्धारा बाढीपहिरोपीडितलाई ५१ लाख रुपैंयाँ सहयोग

admin
admin

काठमाडौं, भदौ २३ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले नगर विपद् व्यवस्थापन कोषबाट ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख मोहनमाया ढकालले बताइन् । नगर प्रमुख ढकालका अनुसार भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कार्यपालिका बैठकले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो । ‘विपत्तिको यस दुःखद घडीमा सरकार र बाढीपीडित नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व हो,’ नगर प्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रनगर नगरपालिका पनि पीडित नागरिकको दुःखमा सँगसँगै छ ।’

भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ । नगरपालिकाले आफूहरुको सहयोगबाट विपद्का बेला स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धतालाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्