अबैध औषधि बिक्री गर्ने फार्मेसी शिलबन्दी
काठमाडौं, २० मंसिर । औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध औषधी बिक्री गर्ने काठमाडौंको बूढानीलकण्ठको एक फार्मेसीमा शिलबन्दी गरेको छ ।
टोलीले मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकमा रहेको लाइफकेयर फर्मामा शिलबन्दी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधी पसल अनुगमन गर्दा अवैधरूपमा औषधी बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए । विभागको टोलीले उक्त फार्मेसीबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ ।
टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको छ ।

