सशांकले ‘जय नेपाल’ नै नभनेपछि के भयो ?
काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका नेता सशांक कोइराला इमानदार र सादकी नेताका रुपमा चिनिन्छन् । यसपालिको संसदीय निर्वाचनमा पराजित भए पनि त्योभन्दा अघि २०६४ सालबाट निरन्तर चुनाव जित्दै आएका उनी अहिलेसम्म मन्त्री भएका छैनन् त्यसैले पनि उनलाई आलोचना गर्ने त्यति धेरै विषय छैनन् । उनी कम बोल्छन् । यो स्वभावलाई लिएर कतिपयले राम्रो भनेका छन् भनें आलोचना गर्नेको संख्या पनि कम छैन । ‘कमसेकम चाहिने कुरा त बोलिदिए हुन्थ्यो नि’ भन्ने उनका पक्षका नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ…

