एफएनसीसीआई ६०औँ साधारण सभा: सेवा क्षेत्र र साना उद्यमको मुद्दा बोकेर सुष्मा महराको सशक्त दाबेदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् । उनको नेतृत्वमा विकसित उक्त नेटवर्कले महिला उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको मानिन्छ । सौन्दर्य व्यवसायसँगै उनले विभिन्न उद्योग–व्यवसायमा समेत लगानी विस्तार गर्दै बहुआयामिक उद्यमीको रूपमा आफूलाई स्थापित…

