वार्षिकोत्सवको अवसरमा इन्लाइटनले दियो यस्तो अफर
काठमाडौं, जेठ ११ । काठमाडौंको बागबजारमा रहेको इन्लाइटन इन्टरनेसनल एजुकेशनले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘टेष्ट प्रिपरेशन बुटक्याम्प’ आयोजना गरेको छ । इन्लाइटनले आफ्नो केन्द्रीय कार्यालयमा जेष्ठ ९ गते शुक्रबार यो कार्यक्रम गरेको हो । कार्यक्रममा आइइएलटीएस, पीटीई, टोफेल तथा स्याटजस्ता अन्तर्राष्ट्रिय टेस्टका लागि तयारी गराइएको आयोजकले जनाएको छ । विवेक लिम्बुबाट ब्रिटिश काउन्सिलको विशेष सेसनमा, सुमनकृष्ण श्रेष्ठ पियर्सनको प्रोफेशनल सेसनमा सहभागीहरुले भाग लिएका थिए । त्यस्तै सहभागीहरुले विभिन्न विषयविज्ञहरूसँग सिधै साक्षात्कार गर्न पनि पाएका थिए । सहभागीहरुको उत्साहजनक उपस्थिति रहेकाले आफूहरुले…

