शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
अन्तर्राष्ट्रिय

तामाङ सोसाइटी अफ अमेरिका को नव-निर्वाचित पदाधिकारीहरूलाई अग्रज सदस्यहरुद्वारा बधाइ तथा शुभकामना

admin
admin

अक्कल तामाङ

न्यूयोर्क, अमेरिका – तामाङ सोसाइटी अफ अमेरिका (TSA) को १२औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई विशेष समारोहबीच अग्रज सदस्यहरूद्वारा बधाइ तथा शुभकामना प्रदान गरिएको छ।

हिजो आयोजित विशेष कार्यक्रममा समाजका अग्रज सदस्यहरूले नव-निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजको उन्नति, एकता, र पहिचान प्रवर्द्धन गर्न निरन्तर सक्रिय रहन आग्रह गरे। कार्यक्रममा तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरू, सामाजिक अभियन्ता, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै अग्रज सदस्यहरूले तामाङ संस्कृति, भाषा तथा समुदायको हितमा नवनिर्वाचित टोलीले उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे। नव-निर्वाचित पदाधिकारीहरूले पनि समाजलाई अझै सशक्त बनाउन प्रतिवद्ध रहने प्रतिज्ञा व्यक्त गरे ।

नव निर्वाचित सदस्यहरुमा अध्यक्ष तुल बहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङ, उपाध्यक्ष दुधराज डुम्जनतामाङ, महिला उपाध्यक्ष उमा तामाङ, महासचिव चादनी लामा, सचिव राजु लामा, महिला सचिव सोनिया मोक्तान, कोषाध्यक्ष विष्णु तामाङ, सह कोषाध्यक्ष निरु तारा योन्जन र सदस्य सानु मोक्तान रहेका छन ।

तामाङ सोसाइटी अफ अमेरिका विगतका वर्षहरूदेखि अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको हकहित, सांस्कृतिक प्रवर्द्धन तथा सामाजिक सेवामा निरन्तर क्रियाशील रहँदै आएको छ। यस नव निर्वाचित कार्यसमितिले संस्था सञ्चालनका लागि नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्