शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

कांग्रेसको नाम बेचेर व्यापार गरिरहेका देउवा पक्षका नेता व्यापार बन्द हुने भएपछि आतंकित

admin
admin

काठमाडौं, भदौ ८ । नेपाली कांग्रेस पुरानो पार्टी हो । यसमा धेरै सदस्य छन् र पटकपटक सरकारको नेतृत्व गरेकाले नै कांग्रेसमा पूर्वमन्त्रीहरुको संख्या पनि बढी छ । पूर्वमन्त्री भएर राजनीतिमा पहिचान बनाएका नेतालाई कुनै पनि दुःख छैन किनभनें उनीहरुको अझै पनि वर्चश्व रहेको छ र आवश्यकता अनुसार जस्तोसुकै साधनस्रोत पनि क्षणभरमा नै जुटाउन सक्छन् । पैसाको पनि उनीहरुलाई कमी छैन किनभने माग्नेबित्तिकै पैसाको बिटो नै उनीहरुको घरमा ल्याइदिने मान्छे पनि उनीहरुले तयार पारेका छन् । यसको अर्थ उनीहरुले हिजोको पदमा हुँदा कसैलाई नियुक्ति गरे, कसैलाई स्वार्थमा परेर केही सहयोग गरे र उनीहरु आज पनि सबै किसिमले बलियो भएका छन् ।

नेपाली कांग्रेसभित्र बिबाद भइरहँदा देउवा गुट भनें निकै समस्यामा परेको छ । गत पौषमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट त्यतिबेलाका महामन्त्री गगनकुमार थापा सभापति भएर आएका छन् । देउवा गुटले त्यो महाधिवेशनलाई मान्यता दिएको छैन, उनीहरु महाधिवेशन अबैध भएको भन्दै सर्वोच्च अदालतसम्म पुगेका छन् । सर्वोच्चले गत वैशाख ४ गते थापालाई नै मान्यता दिएपछि देउवापक्ष नराम्ररी बिच्किएको छ । अझै पनि देउवापक्ष आफूलाई नै सर्वोच्चले मान्यता दिने र थापालाई अबैध घोषणा गर्ने भनेर आशमा बसेका छन् । थापाले भनें आवश्यक प्रक्रिया पु¥याएर नै विशेष महाधिवेशन गरेको भन्दै आएका छन् ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पनि पार्टीमा निश्पक्ष भूमिका खेल्न सकेका छैनन् । उनी केही दिनअघि हङकङबाट स्वदेश फर्किएका छन् । उनी त्यसपछि गुटको भेलामा गए । उनले ‘म साझा भएकाले कतै पनि लाग्दिन, पार्टीभित्रको बिबाद मिलाउन सहयोग गर्छु’ भनेर भन्नुपर्ने हो त्यसो भनेनन् । देउवाको यो गतिविधिले उनीपक्ष थप उत्साहित भएको छ । उनीहरुले गगनलाई सधैं विभिन्न किसिमले राजनीतिक धम्की दिँदै आएका छन् । जतिसुकै नै धम्की दिए पनि कांग्रेस छोडेर अर्कै पार्टी बनाएर राजनीति गर्ने अवस्थामा उनीहरु छैनन् किनभने कांग्रेसको नाममा नै उनीहरुले जीवन चलाइरहेका छन् । भोलि उनीहरु कांग्रेस नरहनेबित्तिकै उनीहरुको जीवन भद्रगोल नै हुन्छ ।

घरमा झगडा गरेको छोरो सधैं बुबाआमालाई धम्क्याएर छुट्टिन्छु भन्दैन, रिस उठेपछि र त्यो घरमा बस्न मन नलागेपछि परिवार लिएर निस्किन्छ । के कसरी जीवननिर्वाह गर्नुपर्छ र परिवार कसरी चलाउने भन्ने उसले सोचेको हुन्छ तर देउवागुटका नेताहरुले त्यति पनि गर्न सकेका छैनन् । अर्को पार्टी खोल्दा जनताले नपत्याउनेमा उनीहरु ढुक्क छन् । आँट भए नयाँ पार्टी खोलेर सर्वोच्चले आधिकारिकता दिएको गगन थापाको कांग्रेसलाई आगामी स्थानीय निर्वाचनमा हराएर देखाइदिए भइगयो नि । उनीहरुमा त्यति गर्ने आँट छैन त्यसैले गगनसँग माग्दै खाँदै गरिरहेका छन् । उनीहरुले थापालाई सभापति मानेनन् तर पनि उनकै हस्ताक्षर भएको टिकट लिएर गत फाल्गुणमा भएको संसदीय निर्वाचनमा उम्मेदवार भए ।

पार्टी कसैको व्यक्तिगत पेवा हुन सक्दैन । हिजो लामो समयसम्म कोइरालाले कांग्रेस चलाए, आज थापाले चलाउँदैछन् । थापाले आगामी असोजमा नियमति महाधिवेशन गर्ने भनेका छन् त्यो महाधिवेशनमा भाग लिएर पार्टीको सभापति जित्ने आँट पनि देउवापक्षका कसैसँग नभएकाले पनि उनीहरु ‘रोइकराई’ गरिरहेका छन् । थापाले महाधिवेशन गर्दा उनको पक्षका महाधिवेशन प्रतिनिधि बढी हुनु स्वभाविकै हो तर त्यो असहमतिलाई पनि मिलाउने ठाउँ भनें प्रशस्तै छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्