शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ ले साउन २९ गते फोहोरमैला व्यवस्थापनसम्बन्धी तालिम संचालन गर्ने

admin
admin

काठमाडौं, साउन २८ । काठमाडौको बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ ले साउन २९ गते शुक्रबार फोहोरमैला व्यवस्थापनसम्बन्धी एकदिने तालिम संचालन गर्ने भएको छ ।

वडाध्यक्ष शम्भुप्रसाद भट्टराइले साउन २६ गते एक सूचना जारी गरी कार्यक्रममा सहभागिता लागि अनुरोध गरेका छन् । तालिमको मुख्य उद्येश्य फोहोरमैला व्यवस्थापनमा महिलाको आर्थिक सहभागिता अभिवृद्धि गर्ने रहेको पनि वडाले जनाएको छ । तालिम वडा नम्बर ७ मा रहेको छहारी भवनमा हुने जनाइएको छ । वडाले आमा समूह, महिला समूह, सामुदायिक स्वयम्सेवक, फोहोरमैला व्यवस्थापनमा सक्रिय श्रमिकका साथै सरोकारवाला सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ । तालिम बिहान ११ बजेदेखि १ बजेसम्म हुने सूचनामा जनाइएको छ ।

वडाले वडावासीका लागि यस्ता प्रकारका अन्य कार्यक्रम पनि संचालन गर्दै आएको छ । ‘के गर्दा वडावासीको हित गर्न सकिन्छ र उहाँहरुलाई सवल र सक्षम बनाउन सकिन्छ त्यस्ता कार्यक्रम गर्दै आएका छौं’ वडाध्यक्ष भट्टराइले भने ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्