पीडितको दुःखमा सहारा बन्दै नेपाल युथ फाउन्डेसन, १५० परिवारलाई किचन सेट वितरण
नुवाकोट, २५ भदौ २०८३। रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण प्रभावित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विदुर नगरपालिका–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसन, ललितपुरले अत्यावश्यक भान्साका सामग्रीसहितको पूर्ण किचन सेट वितरण गरेको छ। बाढी–पहिरोका कारण घर, सम्पत्ति तथा दैनिक जीवनका आवश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गरी वडा कार्यालयको अनुरोध, समन्वय तथा वास्तविक आवश्यकताको पहिचानपछि राहत सामग्री वितरण गरिएको हो। प्रत्येक परिवारलाई एक प्याकेजका रूपमा २१ प्रकारका अत्यावश्यक भान्साका सामग्री उपलब्ध गराइएको थियो। राहत प्याकेजमा ग्यास सिलिन्डर, ग्यास चुल्हो, प्रेसर…

