आफू उपप्रधानमन्त्री हुन हुने, अरु मन्त्री हुनै नहुने राजेन्द्रको कस्तो अडान ?
काठमाडौं, भदौ ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तेहोरो चरित्र देखाएका छन् । वागमति प्रदेशको सरकार निर्माणका क्रममा उनको तितो र कठोर अभिव्यक्तिलाई लिएर पार्टीभित्र पनि तिव्र आलोचना भएको छ । बिहीबार गठन भएको नयाँ मन्त्रिपरिषद्मा राप्रपा पनि सहभागी भएपछि उनले संसदीय दलका नेता उद्धव थापालाई कारबाहीको प्रक्रिया अघि बढाएका छन् । सरकारमा जान नहुने कारण के हो भन्ने उनले भनेका छैनन् । राप्रपाबाट तीनजना मन्त्री बनेका छन् । मन्त्रीहरुलाई पनि पार्टीले स्पष्टीकरण सोधेको छ ।…

