व्यवसाय दर्ता गर्न हल्दीबारी गाउँपालिकाको अनुरोध
साउन २५ झापा । झापाको हल्दीबारी गाउँपालिकाले व्यावसाय दर्ता गरेर मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । बजार अनुगमनका क्रममा हल्दीबारी–४ को बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाइएपछि गाउँपालिकाले यस्तो आग्रह गरेको हो । गत बुधबार अनुगमन गरेपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदलगायत…

