शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
खेलकुद

‘दोस्रो रामेछाप कप फुटसल–२०८०’को उपाधि एलबीआरवाईसीलाई

admin
admin

काठमाडौं, चैत्र १३ । रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता–२०८०’को उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी) ले जितेको छ ।

काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारी रामेछापलाई ८–२ गोल अन्तरले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको हो । यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) तेस्रो भयो । उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाईसी)ले शिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ । दोस्रो भएको अखिल क्रान्तिकारी रामेछापले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले २० हजार नगद पुरस्कारसहित मेडल प्राप्त गरे ।


ebetebet.com
प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्लाभरिबाट १७ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधार शनिबार र आइतबार प्रतियोगिता सञ्चालन गरिएको थियो । रामेछापबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन प्रतिनिधिसभामा रामेछापबाट निर्वाचित कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रमुख अतिथिको रुपमा प्रतियोगिताको शुभकामना दिँदै रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेल उद्घाटन गरेका थिए । प्रतियोगिताको दोस्रो दिन समापन समारोहमा विजेता टोली र खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्कीलगायतले विजयी टोलीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा रामेछाप–काठमाडौं पत्रकार समाज, लिखु भुजी रामेछाप युवा क्लव (टीम एल्बीआरवाइसी), लिखु भुजी रामेछाप (टीम लिबुरा), छाप परिवार, एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्च, दोरम्बा शैलुङ एफसी, ह्यङ्ग आउट क्लब बाम्ती, आकाशे व्वाईज (एबीसी), कालेभुमे युवा क्लव (केबीवाइसी), साथीको चिया अड्डा, फ्लिकर स्टुडियो, दिपशिखा व्वाईज युनाईटेड क्लव, जेसीआई खाँडादेवी, गुन्सी युवा क्लव, मनकामना फ्रुट्स, अखिल क्रान्तिकारी रामेछाप र तिल्पुङ सहभागी थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्