शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

देउवालाई गुटको दवाव नै थेग्नै गाह्रो

admin
admin

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले गुटभित्रकै दवाव थेगीनसक्नु भएको छ । देउवाले यो अवस्थामा आक्रामक भएर राजनीति गर्ने सोच नबनाएका भए पनि उनीपक्षका नेताहरुले कतिपय कुरामा देउवालाई जबर्जस्ती बाध्य पार्दै आएका छन् ।

देउवा बिहीबार हङकङबाट स्वदेश फर्किएका छन् । उनको स्वागतमा विमानस्थलमा मानिसहरुको ठूलो घुँइचो लागेपछि देउवा उत्साहित भएका थिए । देउवाले केही समयअघि नै पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि देउवाले प्रतक्ष्य रुपमा राजनीतिबाट विश्रामजस्तै लिएका थिए । उनको सल्लाह अनुसार नै त्यो गुट अझै पनि चलिरहेको छ । तर गत पौषको अन्तिममा तत्कालीन महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेपछि देउवा आक्रोशित नभए पनि उनीपक्षका नेतालाई भनें नराम्ररी टाउको दुःखेको छ । कांग्रेसको नाममा खान पाइरहेकाहरु र कांग्रेसको नाम भजाएर नै जीविका चलाउने देउवापक्षका नेताहरु भनें विशेष महाधिवेशनपछि निकै तनावमा छन् । उनीहरु विशेष महाधिवेशनलाई मान्ने पक्षमा छैनन् तर यति हुँदाहुँदै पनि एकातिर गगनकुमार थापाको विरोध गर्ने र अर्कातिर थापाकै हस्ताक्षरबाट गत फाल्गुणमा भएको प्रतिनिधिसभाको निर्वाचन लड्न भनें उनीहरु पछि परेनन् । यो घटनालाई लिएर आश्चर्य मान्नुपर्ने भए पनि राजनीतिका यस्ताउस्ता कुरा पचाउनुपर्ने बेला भएको छ । थापा विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भए ।

देउवा विदेशमा रहँदा नै उनको पक्षले कांग्रेसमा समानान्तर गतिविधि गर्दै आएको छ । उनीहरुले यो मोर्चाको संयोजक कांग्रेसका पूर्वमहामन्त्री शसांक कोइरालालाई बनाएका छन् । काठमाडौंको चुनदेवीमा कार्यालय स्थापना गरेर समानान्तर गतिविधि गर्दै आफूहरुलाई नै उनीहरुले आधिकारिक कांग्रेस मान्दै आएका छन् । यतिमात्रै होइन देउवालाई चुनदेवीमा स्वागत गर्दै उनीहरुले देउवालाई सभापति नै मान्दै ‘नेमप्लेट’ पनि राखिदिएका छन् । पार्टीको आधिकारिकताको विषय सर्वोच्च अदालतमा पुगेको छ । देउवाकै इशारामा सभापतिको नामसहितको बोर्ड राखिएको हुनुनपर्ने देउवालाई जान्नेबुझ्नेहरु बताउँछन् । देउवालाई खुशी पार्न नै यो गलत काम भएको हुनसक्ने अनुमान लगाउन थालिएको छ । देउवाले प्रकाशित गरेको सन्देशमा भनें उनले नामबाहेक केही पनि लेखेका छैनन् । यसको अर्थ गुटका नेताले देउवालाई खुशी पार्न गर्न नमिल्ने काम पनि गर्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्