बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

सशांकले ‘जय नेपाल’ नै नभनेपछि के भयो ?

admin
admin

काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका नेता सशांक कोइराला इमानदार र सादकी नेताका रुपमा चिनिन्छन् । यसपालिको संसदीय निर्वाचनमा पराजित भए पनि त्योभन्दा अघि २०६४ सालबाट निरन्तर चुनाव जित्दै आएका उनी अहिलेसम्म मन्त्री भएका छैनन् त्यसैले पनि उनलाई आलोचना गर्ने त्यति धेरै विषय छैनन् ।

उनी कम बोल्छन् । यो स्वभावलाई लिएर कतिपयले राम्रो भनेका छन् भनें आलोचना गर्नेको संख्या पनि कम छैन । ‘कमसेकम चाहिने कुरा त बोलिदिए हुन्थ्यो नि’ भन्ने उनका पक्षका नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ । उनी पार्टीका निर्वाचित पूर्वमहामन्त्री हुन् । साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा भएको देउवा गुटको भेलाका लागि उनलाई त्यो पक्षले संयोजक बनाएको थियो । भेलामा उपस्थितको संख्या राम्रो भएपछि त्यो पक्ष उत्साहित भएको छ । सशांक महाधिवेशनको क्रममा पनि मतदातासँग मत माग्दैनन् । यतिसम्म कि उनी कसैलाई ‘जय नेपाल’ पनि भन्दैनन् । ‘जय नेपाल’ भनेपछिमात्रै वास्तविक रुपमा कांग्रेस रहेछ भन्ने थाहा हुन्छ । सशांकले यसअघि जतिपटक महाधिवेशन जिते कसैसँग पनि मत मागेनन् । उनी नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाका छोरा हुन्, त्यही नामले पनि अहिलेसम्म उनी पार्टीमा र राजनीतिमा टिकिरहेका छन् ।

एक नेताको भनाइ अनुसार उनी महामन्त्रीको उम्मेदवार हुँदा पनि मतदानस्थलमै कसैसँग मत मागेनन् । उनलाई उनीपक्षका नेताले ‘किन जय नेपाल’ नभनेको भन्दा उनले आफूलाई लाज लाग्ने बताएका थिए । सँगै हिँडेका व्यक्ति ‘जय नेपाल’ भन्दै अलमलिएर पछिपछि आए पनि सशांक भनें ‘टुइँटुँई’ कसैसँग नबोली र कसैको मतलब नै नगरी हिँडेको ती सँगै भएका नेताले बताए । कांग्रेसको महाधिवेशन अब कहिले र कसरी हुन्छ भन्ने टुंगो छैन । केही पक्षले भनें अबको एकता महाधिवेशनमा पनि सशांक नै सभापतिको उम्मेदवार बन्न सक्ने विश्लेषण गर्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्