शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

पाँचखालका मेयर खरेलद्धारा २० लाख रुपैयाँ बाढीपीडितलाई सहयोग, बाँकी तलब पनि सेवामा नै लगाउने

admin
admin

काठमाडौं, भदौ २१ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले सुवाको बाढीपीडितका लागि २० लाख रुपैंयाँ सहयोग गरेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै आगामी दिनमा पनि जनताको सेवामा नै समर्पित हुने पनि जनाएका छन् । नेपाली कांग्रेसका नेता खरेलले नगरपालिकामा दोस्रो कार्यकालको पनि नेतृत्व लिइरहेका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयर भएका थिए । उनले निर्वाचनको बेला आफूले गरेको बाचा पूरा गर्ने क्रममा यो सहयोग गरेको उल्लेख गरेका छन् ।

 

उनले ‘पदले दिएको तलब जनताकै हो, त्यसैले जनताकै दुःखमा फर्काउन चाहन्छु’ भनेका छन् । उनको स्टाटस जस्ताको त्यस्तै–

निर्वाचनको बेला मैले एउटा वाचा गरेको थिएँ !
मेरो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने ।
आज देशका धेरै परिवार बाढीपहिरोको पीडामा छन् । घर, सम्पत्ति र आफ्ना आफन्त गुमाएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको पीडा देख्दा त्यो वाचा सम्झिएको छु ।
त्यसैले, आज २० लाख रुपैयाँ तत्काल बाढीपहिरो प्रभावित क्षेत्र र परिवारहरूको राहतका लागि समर्पण गर्दैछु । मेरो बाँकी तलब पनि छिट्टै यही सेवामा लगाउने छु ।
यो कुनै ठूलो सहयोग होइन । जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनतामै फर्काउने मेरो प्रयास मात्र हो ।
पदले दिएको तलब जनताकै हो, त्यसैले जनताकै दुःखमा फर्काउन चाहन्छु ।
पीडामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूप्रति मेरो हार्दिक साथ र ऐक्यबद्धता ।
जय नेपाल

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्