तीजको रौनक बढाउँदै बिनोद ढकालको ‘झुम्का कस्तो छ’ सार्वजनिक
काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत बिनोद ढकालकै रहेको छ भने गायिका सीमा नेपाली र रिया सुनारले स्वर दिएका छन्। कृष्ण लामिछानेको संगीत संयोजन रहेको गीतलाई हेमराज दांगीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। दिनेश सिंह ठाकुरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा जुना कार्की, बिनोद ढकाल र…

