नदीले बगाएर नलगेको मान्छे
घनश्याम गौतम मलाई नदीको आवाजबाट बिहान भएको थाहा हुन्थ्यो । आँखा नखोल्दै म उसलाई सुन्थेँ—पहाडको छातीभित्र कतैबाट निस्किएर हाम्रो गाउँको काख हुँदै बगिरहेको भोटेकोशी । बिहानको मिरमिरेमा उसको आवाज अझ गहिरो सुनिन्थ्यो । कहिलेकाहीँ लाग्थ्यो, नदी बोलिरहेकी छिन् । कहिलेकाहीँ लाग्थ्यो, ऊ रातभरि पहाडसँग कुरा गरेर बिहान हामीलाई आफ्नो कथा सुनाउन आइपुगेकी छिन् । मेरो बाल्यकाल नदिकै किनारमा बित्यो । स्कुल जाने बाटो मेरो लागि बाटो मात्र थिएन । त्यो एउटा लामो चित्र थियो—हरिया पहाड, तिनका भित्तामा टाँसिएका साना घरहरू,…

