ब्राजिलमा चक्रावतका कारण अहिलेसम्म २१ जनाको मृत्यु
काठमाडौ, २० भदौ । ब्राजिलमा चक्रवातका कारण आएको भिषण वर्षा र हावाले हंगामा मच्चाएको छ । दक्षिणी ब्राजिलमा यस प्राकृतिक प्रकोपका कारण हालसम्म कम्तीमा २१ जनाको ज्यान गएको छ, सयौंजना सो चक्रावतमा परी घाइते भएका छन् ।यससँगै अविरल वर्षाले बाढीको तीव्रतालाई थप बढाए पछि प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा समेत कठिनाइ भएको छ । ब्राजिलका गभर्नर रियो ग्रान्डे डो सुलले यसलाई आफ्नो राज्यको सबैभन्दा खतरनाक मौसमी प्रकोप भनेका छन्। अधिकारीहरुका अनुसार धेरै क्षेत्रमा हजारौं मानिसहरु आफ्नो घर छोडेर भाग्न…

