संवैधानिक इजलासको फैसला कार्यान्वयन गर्न स्थानीय तह कर्मचारी संघ, नेपालको माग
काठमाडौं, साउन २० । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मागलाई सम्बोधन गर्न स्थानीय तह कर्मचारी संघ, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । संघको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री भगवती न्यौपानेलाई मन्त्रीकै कार्यकक्षमा भेटेर आफूहरु लामो समयदेखि पीडित भएको हुँदा न्याय दिन माग गरेको संघका महासचिव शम्भु बरालले बताए । ‘हामीले नाजायज र सरकारले पूरा गर्न नसक्ने माग राखेका छैनौं, उचित माग पूरा गर्न सरकारले चासो दिनुपर्छ’ महासचिव बरालले भने ‘हाम्रो माग अहिलेको नभएर धेरै वर्षदेखि थाती रहेको हुनाले…

