हनुमाननगर ककालिनी नगरपालिकाले न्यूनतम विद्युत् शुल्क तिरिदिने
सप्तरी, साउन ४ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि नगरपालिकामा बसोवास गर्ने स्थानीयको घरको न्यूनतम विद्युत् शुल्क तिर्ने घोषणा गरेको छ ।
नगरपालिकाको नगरसभामा नगर प्रमुख विरेन्द्र माझीले नगरवासीको न्यूनतम शुल्क तिरिदिने घोषणा गरेका हुन । ‘पाँच एम्पेयर लोड स्वीकृत भएको ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत् महशुस तिर्ने योजना लागु गरी सोही अनुसार बजेट छु्ट्याएर विद्युत् प्राधिकरणसँग सम्झौता भएअनुसार २० युनिटसम्म बिल आएकाहरूको रेकर्ड प्राधिकरणले दिने र नगरपालिकाले सोही अनुसार बिल तिरिदिने हो ।’ नगर प्रमुख माझीले भने । उनले आगामी आर्थिक वर्षमा बजेट बढाएर ३० युनिटसम्म तिरिदिने योजना रहेको पनि जानकारी दिए । नगर प्रमुख माझीले कृषिकर्मका लागि जडान गरिएको विद्युत्को महसुल नगरपालिकाले पहिलेदेखि नै तिरिदिएको बताए । ‘मैले निर्वाचनमा जाँदा यो काम गर्छु भनेको थिएँ, सुरुमा अरु धेरै कामसँगै यसलाई पनि कार्यान्वयनमा ल्याएँ’ नगर प्रमुख माझीले भने । उनले नगरपालिकाले तयार गरेका नगर शिक्षकका लागि ६ हजार रुपैंयाँ थपिदिएको पनि बताएका छन् । शिक्षा सबैका लागि आवश्यक भएकाले गुणस्तरीय शिक्षा दिनका लागि नगरपालिकाले ती शिक्षकलाई प्रोत्साहन गर्न सुविधा थप गरिएको नगर प्रमुख माझीले स्पष्ट पारेका छन् ।
नगरपालिकाले आर्थिक वर्ष. २०८२–०८३ का लागि छैसठ्ठी करोड ६८ लाख ६६ हजार १ सय ७० रूपैंयाँको बजेट ल्याएको छ । हालै सम्पन्न १५ औं नगरसभामा उपप्रमुख सरितादेवी यादव सिपलियाले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले ‘शिक्षा,स्वास्थ्य र रोजगार ः समृद्ध नगरको आधार’ भन्ने मूल नारा बनाएर काम गर्दै आएको छ । 1xbet deneme bonusu

