बुद्धशान्ति गाउँपालिकाले तोक्यो निजी विद्यालयको मासिक शुल्क
झापा,जेठ १२ । झापाको बुद्धशान्ति गाउँपालिकाले निजी विद्यालयका लागि मासिक शुल्क निधारण गरी सार्वजनिक गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयका लागि नयाँ शैक्षिक सत्रलाई अधिकतम मासिक शुल्क निर्धारण गरेको हो । शिक्षा शाखाले एक सूचना जारी गर्दै नयाँ शुल्क लागू गरिएको जनाएको छ । गाउँपालिकाको शिक्षा समितिको २०८२ चैत २२ को निर्णयअनुसार विद्यालयहरूले लिन पाउने अधिकतम मासिक शुल्कको सीमा तोकेको गाउँपालिकाले जनाएको छ । बुद्धशान्तिले नर्सरीका लागि मासिक शुल्क २६ सय निर्धारण गरेको छ । यस्तै, एलकेजी…

