गाउँदेखि अन्तर्राष्ट्रिय रग्बी रेफ्रीसम्म : प्रेम कोइरालाको संघर्ष, सफलता र राज्यसँगको अपेक्षा
दोलखा जिल्लाको ग्रामीण परिवेशमा २०४९ सालमा जन्मिएका प्रेम कोइराला आज नेपाली रग्बी खेल क्षेत्रका एक परिचित अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा स्थापित भएका छन्। सामान्य गाउँघरमा हुर्किएका उनले एस.एल.सी.सम्मको अध्ययन दोलखामै पूरा गरी २०६५ सालमा उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेका थिए। काठमाडौं आएपछि उनले सुरुमा क्योकुशिन करातेमार्फत खेलकुद यात्रा प्रारम्भ गरे। तर २०६९ सालमा दशरथ रंगशालामा प्रशिक्षणका क्रममा पहिलोपटक देखेको अण्डाकार रग्बी बलले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो। जिज्ञासावश पहिलोपटक हातमा समातेको रग्बी बलले आज उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको छ।…

