चलचित्रकर्मीको जमघटबीच ‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक
काठमाडौं । निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘कति बस्छौं माइतीघर’ तथा सर्ट फिल्म ‘आश्रम’ काठमाडौंस्थित जय नेपाल हलमा शनिबार विशेष समारोहबीच सार्वजनिक गरिएको छ। किशोर कुमार शाही र देवकुमारी खड्गीको स्वर रहेको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोसँगै समाज र मानवीय भावनासँग जोडिएको विषयवस्तुमा आधारित ‘आश्रम’ सर्ट फिल्म सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठ, युगीन कलाकार तथा निर्देशक पवन जोशी, अभिनेत्री शर्मिला मल्ल, नायक धीरेन शाक्य, विशिष्ट चलचित्र…

