शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

शीर्ष नेतासँग सभामुखको छलफलमा प्रचण्ड पनि सहभागी हुने

admin
admin

काठमाडौं, चैत्र २६ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज शीर्ष नेतासँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि आज बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबीच छलफलको समय सरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो ।
orisbet giriş
यही विषयलाई लिएर कांग्रेसले संसद अवरोध गरेपछि सभामुखले प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । सभामुखसँगको छलफलमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्