वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
झापा, जेठ १२ । झापाको गौरादह नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाका लागि उद्यमशील प्रवद्र्धन तालिम सञ्चालन गर्ने भएको छ ।

नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कट्टेलले जेठ ७ गते एक सूचना प्रकाशन गरी विशेष तालिममा सहभागी हुनका लागि आग्रह गरेका छन् । नगरपालिकाले ७ दिनभित्र आवेदन दिन पनि भनेको छ । नगरपालिकाले आवेदन दिँदा व्यक्तिगत विवरण, काम गर्न गएको देश, स्वदेश फर्किएको मिति, हाल रोजगारीको अवस्था खुलाउनुपर्ने भनेर सूचनामा जनाएको छ । नगरपालिकाले यसअघि महिलाका लागि सिटीसफारी सञ्चालनसम्बन्धी तालिम पनि दिएको थियो ।

