अचम्मका भुमिश्वर, सधैं ‘एन्टी विष्णु’
काठमाडौ, साउन १९ं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री हुन खोजिरेहका नेकपा एमालेका नेता भूमिश्वर ढकाल सधैं एमाले उपाध्यक्ष विष्णु पौडेलको ‘एण्टी लाइन’ मा छन् । उनी एमाले महासचिव शंकर पोखरेलका खास मान्छे हुन् ।
प्रदेशमा पूर्वमन्त्रीसमेत भइसकेका ढकाल विष्णु पौडेलको लाइनमा भनें कहिले पनि भएनन् । उनलाई महासचिव पोखरेलको राम्रो साथ छ । पोखरेल र पौडेल एक भए ढकाल एमाले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा पुग्छन् । पोखरेलले ढकाललाई मुख्यमन्त्री बनाउन चाहिरहेका छन् । लुम्बिनीका अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पोखरेलकै मान्छे हुन् । यसअघि नै ओलीले आचार्यलाई हटाउन खोजे पनि अन्तिममा आएर उनको मुख्यमन्त्री बचेको थियो । ओलीले पोखरेल पक्षका सबै मन्त्री फेरेर आफ्नो पक्षकालाई मन्त्री बनाएका छन् । पौडेल र ढकाल दुवैको निर्वाचनक्षेत्र रुपन्देही नै हो ।

