सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
काठमाडौं, ११ भदौ । एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत सन्दीप पाकिस्तान प्रस्थान गरेका हुन् । एसिया कप–२०२३ का लागि पाकिस्थान प्रस्थान गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो । पाकिस्तानतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले लेखेका छन्, ‘पाकिस्तानतर्फ लागेँ । यसअघि पाकिस्तानमा हुँदाका अद्भुत सम्झना छन् । एसिया कपका लागि उत्साहित र उत्सुक…

