दक्षिण भारतका कर्मचारीलाइ रजनीकान्तको फिल्म हेर्न बिदा
काठमाडौ, २४ साउन । रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् । थलाइवाको आगामी फिल्म ‘जेलर’ ले मानिसहरुलाई पागल बनाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । यस्तो अवस्थामा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् । समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा बिदा दिएका छन्। यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई जेलर टिकट पनि निःशुल्क दिइएको छ । रजनीकान्त २ वर्षपछि पर्दामा धमाकेदार एन्ट्री…

