धार्मिक स्थल तथा मठमन्दिर वरपर मासु तथा मदिराजन्य पदार्थ बिक्री नगर्न बुढानीलकण्ठ नगरपालिकाको अनुरोध
काठमाडौं,जेठ १७ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक स्थल तथा मठमन्दिर वरपर मासु तथा मदिराजन्य पदार्थ बिक्री नगर्न अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जेठ ५ गते एक सूचना जारी गरी धार्मिक स्थलबाट कम्तीमा ३ सय मिटर वरिपरि मदिरा तथा मासुजन्य पदार्थ बिक्रीवितरण नगर्न ÷नगराउन सबैमा अनुरोध गरेका छन् । ‘सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यान्वयन नभएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यवहोरासमेत सरोकारवालारुको जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ । नगरपालिकाले मदिरा ऐन २०३१,…

