शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

गोकर्णेश्वर नगरपालिकाले पिसिएल् नर्सिङ निःशुल्क पढाइदिने

admin
admin

काठमाडौं, जेठ १७ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाले नगरवासी छोरीहरुलाई पिसिएल् नर्सिङ निःशुल्क पढाइदिने भएको छ ।

नगरप्रमुख दिपककुमार रिसालले जेठ ८ गते एक सूचना जारी गरी यस्तो जनाएका हुन् । उनले ‘गोकर्णेश्वर नगर छोरी नर्सिङ कार्यक्रम’ अन्तर्गत नगरपालिकाले यस्तो योजना अघि सारेको बताए ।

नगरपालिकाको सूचनामा पठनपाठनका लागि पूर्ण छात्रवृत्ति दिने भनिएको छ । २०८२ सालको एसइई परीक्षामा उत्तीर्ण भएकालाई लक्षित गर्दै नगरपालिकाले सूचना जारी गरेको हो । नगरपालिकाले आवश्यक कागजात संलग्न गरी नगरपालिकामा निवेदन दिनसमेत आग्रह गरेको छ । यो नगरपालिकाबाट यस पटकको एसइई परीक्षामा ७५ जनाले ४ जीपीए ल्याएका थिए । नगर प्रमुख रिसालले नगरवासीको हितका लागि नगरपालिका सधैं सक्रिय भएर लागिरहेको बताएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्