बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

विर्तामोड नगरपालिकाले घरबहाल कर घटायो

admin
admin

झापा, साउन २१ । झापाको विर्तामोड नगरपालिकाले घरबहाल कर घटाएको छ । यसअघि घरबहाल कर १० प्रतिशत लिँदै आएकोमा नगरपालिकाले यो चालु आर्थिक वर्षमा ५ प्रतिशतमात्र कर तिरे पुग्ने घोषणा गरेको छ ।

विर्तामोडमा १० वटा वडा रहेका छन् । नगरपालिकाका राजश्व शाखाका प्रमुख कुविरबहादुर योङहाङले चालु आर्थिक वर्षमा करको दर घटाइएको बताए । ‘यसअघि घरबहाल कर १० प्रतिशत तिर्नुपर्दथ्यो अब भनें यो वर्ष ५ प्रतिशत तिरे हुन्छ’ उनले भने ‘यो नयाँ व्यवस्थाले घरबहाल कर तिर्नुपर्नेहरुलाई पनि सहज हुन्छ भन्ने नगरपालिकाको विश्वास हो ।’ उनले यो व्यवस्थाले धेरैलाई सहज हुने र कर तिर्न पनि नगरवासी उत्साहित हुने बताए । झापामा विर्तामोड, भद्रपुर, गौरादह, दमक, शिवसताक्षी, कनकाई, अर्जुनधारा, र मेचीनगर गरी ८ नगरपालिका र गौरीगंज, कमल, बाह्रदशी, कचनकबल, झापा, बुद्धशान्ति, हल्दिबारी गरी ७ गाउँपालिका रहेका छन् । १५ वटा स्थानीय तह रहेको झापामा प्रतिनिधिसभामा ५ वटा निर्वाचनक्षेत्र रहेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्