संसदीय व्यवस्था कि बालेन्द्रीय ?
काठमाडौं, भदौ १ । प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई हेप्दै आएका छन् । प्रतिनिधिसभाबाट नै प्रधानमन्त्री भएका भए पनि उनले त्यही संसद र संसदीय व्यवस्थालाई हेपेर शासन गर्दै आएका छन् ।
उनी संसदको बैठकमा पनि जाँदैननन् । सांसदले उठाएका कतिपय प्रश्नमा उनले कुनै चासो दिँदैनन् । उनी नबोल्ने स्वभावका तर काम गर्ने खालका मान्छे हुन् भनेर हिजोको दिनमा भनिन्थ्यो त्यो ठिकै हो तर समय र परिस्थितिले उनी बोल्नैपर्ने बाध्यता हुने ठाउँमा पुगेका छन् । पिटिक्कै बोल्दै नबोलेर उनले जितेका छैनन् । प्रधानमन्त्री भनेको व्यक्ति संसदप्रति पूर्णरुपमा जिम्मेवार र जवाफदेही हनुपर्छ । उनी संसद बैठकमा नआउने र संसदप्रति बेवास्ता गर्ने पाराको अहिले आलोचना भइरहेको छ । हुन त संसदमा अरु पनि मन्त्री उपस्थित हुने गरेका छन् । अरु मन्त्री हुँदा सरकारको प्रतिनिधित्व भयो भन्ने एउटा पाटो हुनसक्छ तर प्रधानमन्त्री प्रमुख पद भएकाले अरु मन्त्री संसदमा जाँदैमा प्रधानमन्त्रीको अभाव पूरा हुन सक्दैन ।
प्रधानमन्त्रीले आफ्नो स्वभाव परिवर्तन गर्ने सम्भावना पनि छैन । जनताको गुनासो सुन्ने र ती समस्या समाधान गर्नेभन्दा धेरै टाढा छन् उनी । उनको यो स्वभावको अहिले जति आलोचना गरे पनि कमै हुन्छ । कसैसँग नभेट्ने, कसैका कुरा नसुन्ने र बाहिरबाट मात्रै चियाउने उनको पाराले सरकारलाई नराम्रो असर परेको छ । हुन त उनी पहिलोपटक संसद प्रवेश गरेका हुन् । संसदीय अभ्यास, नियम र नीति के हो भन्ने उनलाई थाहा नहुन पनि सक्छ तर ती सबै कुरा जानेर बुझीबुझी पनि उनले संसदलाई बेवास्ता गरेको भने पक्कै हो ।

संसदीय अभ्यासले मात्रै जुनसुकै शासन व्यवस्था चल्ने गर्छ । बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रधानमन्त्री भएका हुन् । उनकै पार्टीको तर्फबाट सभामुख बनेका डोलप्रसाद अर्यालले पटकपटक भेटेर प्रधानमन्त्रीलाई संसदमा आइदिन आग्रह गर्दा पनि उनले मानेका छैनन्, यो भनेको उनको घमण्ड र अहमता नै हो । कतिपय कुरा आफ्नो स्वभाव र शैली हुन्छ तर सरकार चलाउने कुरामा ती स्वभाव र शैली भनेर छुट दिने ठाउँ छैन । उनी फेसबुकमा स्टाटस लेखेर नै सरकार चलाइरहेका छन् । बालेन्द्रका इन्द्रीयले जे सोचेको छ त्योमात्रै संसदीय व्यवस्था होइन, संसदीय व्यवस्थाका केही निश्चित मूूल्य र माान्यता छन् त्यसलाई मान्नु उनको पनि कर्तव्य हो ।
भइरहेको प्रणाली नमान्ने हो भनें संसदीय प्रक्रियबाट नै निकास खोलिदिनु उनको लागि उपयुक्त विकल्प हो । हुन त संसदमा नआएर पनि भित्रीरुपमा जनताको मन छुनेगरी काम गरेको भए पनि होला नि त जे भए पनि काम भइरहेको छ भन्न सकिन्थ्यो तर संसद ‘फेस’ गर्न नसकेर भाग्नु उनको लागि भोलिको राजनीतिमा पनि घातक बनेको छ ।

